रौतहट २२ कार्तिक । कोरोना कालमा चन्द्रनिगाहपुरमा निर्माण गरिएको आइसोलेशन र त्यसका उपकरणहरु अलपत्र परेको छ ।
रौतहट जिल्लाका ४ वटा पालिकाको संयुक्त लगानीमा चन्द्रनिगाहपुरको शहिद पार्कमा निर्माण गरिएको आईसोनेशनमा रहेका सामान अलपत्र परेको हो ।
चन्दपुर नगरपालिकाको २० लाख, गढीमाई नगरपालिकाको १० लाख, गुजरा नगरपालिकाको १० लाख र बृन्दावन नगरपालिकाको १० लाखको लागतमा चन्द्रनिगाहपुर स्थित शहित पार्कमा आइसोलेशन निर्माण गरिएको थियो ।
अलपत्र आईसोशनका कारण चन्द्रनिगाहपुरमा रहेको शहिद पार्कको स्वरुप समेत बिग्रेको शहिद पार्क संचालक समितिका सदस्य हिम लामाले बताएका छन। सदस्य लामा ले भने,” सम्बन्धीत निकायले बेवास्ता गरेका कारण न त पार्क राम्रो अवस्था छ, नत आईसोनेशनको उपकरण को संरक्षण हुन सकेको छ “/
कोरोना संक्रमितको उपचारमा प्रयोय भएका उपकरणहरु बिग्रेर अलपत्र छन।
भवन, अक्सीजन सिलिण्डर, बिरामी सुत्ने, बेड एसी लगाएतका समानहरु अलपत्र अवस्थामा पुगेको र सम्बन्धीत निकायले चासो नदिएको चन्द्रनिगाहपुर शहिद पार्क व्यावस्थापन समितिका अध्यक्ष विर्ख घिसिङको गुनासो छ ।
चन्दपुर नगरपालिकाका मेयर सञ्जय कुमार काफ्ले ले सो आइसोलेशनमा रहेका उपकरण नागरभित्र रहेका स्वास्थ्य संस्थाहरुमा वितरण गरिने बताएका छन।
चन्द्रपुर नगरपालिका भित्र रहेका सहरी स्वास्थ्य केन्द्र ,स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर सरकारी अस्पताल, बर्थिङ सेन्टरहरुले माग गरेको खण्डमा आवश्यक्ताको आधारमा आइसोलेशनमा रहेका सामान वितरण गर्ने मेयर काफ्लेको भनाइ छ ।