रौतहट १७ कार्तिक / गढीमाइ नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुले तलब भत्ता नपाएकाे गुनासो गरेका छन ।
करारका कर्मचारीहरुले तलबभत्ता नपाउँदा नगरपालिकाका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल ले चासो नलिएको गुनासो छ ।
नगरपालिकामा कार्यरत ५० जनाभन्दा बढी करारका कर्मचारीले बर्षौ सम्म तलब नपाएकाे गुनासो गरेका छन ।
नगरपालिकाका पदाधिकारी, लेखापाल लगायत का कर्मचारीहरुका आफन्त र नातागोताका कर्मचारीले भरिएको नगरपालिकामा तलबभत्ता पाएका छैनन् ।
तलबभत्ता नपाएपछि करारका कर्मचारीहरुले गत बुधबार एक भेला गरेर नगरपालिकाको काम नगर्ने सामूहिक निर्णय गरेका छन् ।
इन्जीनियर, सबइन्जीनियर, कम्प्युटर अपरेटर, अमिन, सुपरभाइजर, आइटी, कार्यालय सहयोगी, सवारी चालक लगायतका पदका करार का कर्मचारी छन ।
बाकी तलबभत्ता रकम एकमुष्ठ नपाएसम्म कामकाज नगर्ने उनीहरुको माग छ ।
करार का कर्मचारीको तलव भत्ताको बिषयमा छलफल भैइरहेको गढीमाइ नपाले जनाएको छ ।