सर्लाही, १५ कार्तिक । बरहथवा नगरपालिकाको मुक्तेश्वर चोकमा मंगलवार राति जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीन युवक गम्भीर घाइते भएका छन् ।
मधेश प्रदेश सरकारमा उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद ( फुलवावु)चढ्ने मधेश प्रदेश ०२–००१ झ ०२४० नम्वरको सरकारी नम्बर प्लेटको स्कारपिओ जिप र विपरित दिशाबाट आउदै गरेको बा.४३ प. १२६३ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएकाे छ ।
बरहथवा बाट नयाँ रोड तर्फ गईरहेका र विपरित दिशाबाट आईरहेका मोटरसाइक मुक्तेश्वर चोकमा गएराति दुर्घटना हुँदा तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको इप्रका बरहथवाका डिएसपी लिलाराज लामिछानेले बताएका छन ।
बरहथवा नगरपालिका वडा नम्वर ५ का १८ बर्षिय सुमन महतो, चन्द्रनगर गाउँपालिका वडा नम्वर ५ का १८ बर्षिय दीपक महतो र बागमती नगरपालिका वडा नम्वर १० शंकरपुरका अजय महतो तिनै घाइतेको वीरगंजमा उपचार भईरहेको छ ।
तीनै जना मध्ये अजय महतोको अवस्था चिन्ताजनक रहेको उनले बताए । जीपका चालक सहितका अन्य व्यक्तिहरु फरार भएपछि मन्त्री चढ्ने जीपलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी लामिछानेले जानकारी दिए ।