Wednesday, January 22, 2025

मुसहर बस्तीमा एचडिएनपी इन्टरनेसनल अमेरिकाको सहयोग

पछिल्लाे समाचार


बिरगज १६ कार्तिक ।पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३, कौवाबन गाउँ स्थित मुसहर बस्तीका दलित बालबालिका तथा अभिभावकहरुलाई शैक्षिक सामाग्री तथा खाध्यान्न सहयोग गरिएको छ ।
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरिकाको सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहकार्यमा सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
एक २० जना दलित बालबालिकाहरु लाई कापीकलम , सिसाकलम,पोषिलो खानेकुरा बिस्कुट,चाउचाउ वितरण गरिएको छ ।
साथै कार्यक्रममा ८० जना अभिभावकहरुलाई समेत सामाग्री बितरण गरिएको छ।
दलित समुदायको बालबालिकाहरुको शिक्षामा पहुँच , विद्यालय टिकाउ , शिक्षामा निरन्तरता , गुणस्तरीय शिक्षा , सिकाईमा सुधार , अभिभावकको चासोको ख्याल लगाएत उदेश्यले साथको कार्यक्रम गरिएको छ । कापीकलम , चाउचाउ प्राप्त गरि बालबालिकाहरु खुशी भएको छ्न।
मुसहर बस्तीको बालबालिकाहरु र अभिभावकहरु ले सामाग्री प्राप्त गरेपछी सहयोगी समाजसेवी देवी डेविट आचार्य लाइ धन्यवाद दिएका छ्न।


उक्त संस्था सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो ।
स्थापना काल देखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने हरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ,।
नेपालको विभिन्न जिल्लामा दलित समुदायको लागि आर्थिक सहयोग , अति विपन्नको लागि खाद्यान्न ,राहत , दलित बालबालिकाको लागि शैक्षिक सामाग्रीहरु सहयोग , सामाजिक कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा सहयोग गर्दै आएको एचडीएनपी इन्टरनेसनलका अध्यक्ष आचार्यले जानकारी दिए।
अध्यक्ष आचार्यले मुसहर समुदायको बालबालिकाको लागि वार्षिक रुपमा निरन्तर शैक्षिक सामग्रीहरु सहयोग गर्ने , दलित अभिभावकहरुको लागि जिविकोपार्जनको लागि तथा आर्थिक समृद्धिको लागि योजनाबद्ध रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
पिसफोर दलित फाउन्डेसन नेपाल मधेश प्रदेशको जिल्लामा सक्रिय दलित समुदायको संस्था हो ।
विगतको वर्ष हरुमा फाउन्डेसनले दलित समुदायको सशक्तीकरण , सामाजिक न्याय , समानता , छुवाछूत अन्त्य , शिक्षा , सामाजिक रुपान्तरण , दलित समुदायको लागि वकालत , दलित समुदायको सेवा सहयोगमा सक्रिय रहेकोे छ।


शैक्षिक सामग्री सहयोग तथा वितरण कार्यक्रममा दलित अभिभावक संघको अध्यक्ष उर्मिला देवी मुसहर , कार्यक्रमको प्रमुख अतिथि हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरीकाको अध्यक्ष देवी डेविट , फाउन्डेसनको सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम , संगीता देवी मुसहर , अशोक राम लगायत दलित युवा , दलित महिला र बालबालिकागरुको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम ले गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु