रौतहट १९ कार्तिक / गौर नपालाइ उपलब्ध गराईएको लामखुट्टे नियन्त्रण गर्ने उपकरण प्रादेशिक अस्पताल गौरलाई हस्तांतरण गरिएको छ ।
अस्पतालमा उपचारार्थ आउने विरामीहरुलाई लामखुट्टेको टोकाइ बाट बचाउन गौर नगरपालिकालाई प्राप्त भएको मस्किटो क्लिन मशीन अस्पतालका मेडिकल सुपरिडेन्डन डा. कृष्णा शाहलाई हस्तान्तरण गरेको मेयर साहले बताएका छन ।
करिब एक सय ५० मिटर परिधि भित्रको लामखुट्टेलाई मार्न सक्ने दाबी गरिएको सो मशीनको प्रतिकृया पछि अन्य ठाउँमा व्यवस्थापन गर्ने समेत गौरका मेयर शम्भु साहले बताएका छन ।