Thursday, January 23, 2025

जुद्ध नमुना माबिको अलपत्र छात्रावास निर्माण पुरा गर्न माग

पछिल्लाे समाचार


रौतहट १९ कार्तिक । जुद्ध नमुना माध्यमिक बिधालयको निर्माणाधीन छात्रावास भवनलाई सरसफाई गरी निर्माण कार्य अघि बढाउने योजना अघि बढाएको गौरका मेयर शम्भु साहले बताएका छन ।
निर्माणाधिन छात्रावास वरिपरीको झाडी, खरहरु उम्रेको हटाउन मेयर साहले निर्देशन दिएका छन । झाडीमा लुकेर शंकास्पद गतिविधिहरु बढन थालेको सुचना प्राप्त भएकाले
सरसफाईको कार्य अघिबढाई निर्माण प्रक्रिया बढाउन निर्देशन दिएको उनले बताएका छन ।
भारतीय दूतावासको सहयोगमा निर्माण शुरु गरिएको छात्रावास हाल जिल्ला समन्वय समितिको मातहतमा रहेको र गौर नपालाई हस्तांतरण गर्न तीन महिना अगाडि नै पत्रचार गरि सकेको समेत मेयर साहले जानकारी दिएका छन ।
निर्माणाधीन उक्त छात्रावास निर्माणको जिम्मा पाए लगतै निर्माण कार्य शुरु गरिने समेत उनले बताएका छन ।
नगरपालिकाको पत्र अनुसार जिल्ला समन्वय समितिले साकारात्मक सहयोग गर्नेमा बिश्वस्त रहेको समेत मेयर साहले उल्लेख गरेका छन ।
अलपत्र छात्राबास भवन बनाउन ठेकेदार नआएपछि तात्कालिन जिल्ला विकास समितिले २०६९ साल फागुन ५ गते कालो सुचीमा राख्ने निर्णय गरेको थियो ।


छात्रावास भवनको श्रेष्ता सहित गौर नगरपालिकालाई हस्तान्तर गर्न पत्र प्राप्त भएपछि त्यस समयका कागजातहरु तथा श्रेष्ता खोजतलास गर्दा कहि कतै फेला नपरेको तत्कालिन जिल्ला विकास समितिका कर्मचारीहरु संग पनि समन्वय गरिरहेको कागजातहरु फेला पर्न नसकेमा जिल्ला समन्वय समिति, तत्कालिन इन्जिनियर र गौर नगरपालिकाबाट आधिकारीक प्रतिनिधिहरुलाई भारतीय दुतावासमा गएर कागजातहरु उपलब्ध गराउने विषयमा छलफल भईरहेको बताईएको छ ।


सम्झौता अनुसार १८ महिनामा निर्माण भइसक्नुपर्ने गौरस्थित श्री जुद्ध उमाविको छात्रावास भवन १८ वर्ष बितिसक्दा पनि अलपत्र छ।
बिस २००४ सालमा स्थापित विद्यालयको छात्रावास, चमेनागृह तथा पर्खाल निर्माण गर्न दूतावासले आर्थिक सहयोग गरेको थियो।
पहिलेको छात्रावास भवन जीर्ण हुँदै गएपछि त्यसलाई भत्काएर नयाँ बनाउन थालिएको थियो।वर्षौंसम्म भवन निर्माणको काम अधुरै रहँदा बाँकी रहेका निर्माण सामाग्रीहरू अलपत्र छन्।
निर्माणाधीन भवनको पर्खालमा झार उम्रिएका छन्। काठका झ्याल, ढोका कुहिन थालेका छन्।
भारतीय दूतावासको सहयोगमा तत्कालीन जिल्ला विकास समिति रौतहटले २०६२ सालमा गोर्खा स्काइ क्यानियन जेभीसँग भवन बनाउन सम्झौता गरेको थियो।


५४ वटा कोठा भएको तीनतले भवन निमार्णका लागि कम्पनीले १ करोड ९८ लाख ७९ हजारमा ठेक्का सम्झौता गरेको थियो।
छात्रवास भवनको २०६२ वैशाख १५ गते तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीले शिल्यान्यास गरेका थिए।
निर्माण अधुरो भएपछि तत्कालीन जिल्ला विकास समितिले २०६९ सालमा निर्माण कम्पनीलाई कालो सूचीमा राखी हर्जना भराउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको थियो।
प्राविधिक कार्यालयले विभिन्न समयमा निर्माणका विषयमा ठेकेदार कम्पनी पत्राचार गरेको जनाएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु