रौतहट १९ कार्तिक । एकिकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा शनिवार सप्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन मधेश प्रदेशका भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रि गोबिन्द न्यौपानेले गरेका छन ।
उनले धेरै जसो सहकारी जन्माएपनि ब्यबस्थित गर्न नसकेका कारण सहकारी क्षेत्रमा समस्या रहेको बताएका छन।
उहाले मधेश प्रदेशको भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी रजिष्टार कार्यालय खोल्न नसक्नु कमजोरी रहेको बताए ।
मन्त्री न्यौपानेले साधारण सभाले सहकारी क्षेत्रमा गति लिओस भन्ने शुभ कामना दिएका छन ।
साधारण सभामा मधेश प्रदेशको भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिब राममणि अधिकारीले सदस्यहरु क्रियाशिल रहे मात्र सहकारी सस्था दिगो हुने बताउदै संचालकहरुले लिएको ऋणको अबस्था शेयर सदस्यले जानकारी मा राख्नु पर्ने बताएका छन ।
साधारण सभामा चन्द्रपुर नगरपालिकाका सहकारी फाँटका प्रमुख नसरे आलमले सहकारी लाई हेर्ने दृष्टिकोण मन्त्रालयको सकारात्मक हुनु पर्ने धारणा राखेका छन ।
उनले सहकारी क्षेत्र लाई अझ बिकाश गर्न मन्त्रालयले बजेट बिनियोजन गरेर योजनाहरु लागू गर्नु पर्ने बताए ।
संस्थाको संचालक समितिको तर्फ बाट अध्यक्ष कृष्ण खडकाले गुणस्तरीय बितिय सेबाहरु प्रदान गरी सदस्यहरुको आर्थीक, सामाजिक ,सास्कृतिक बिकास मा संस्था कृयाशिल रहेको बताए ।
संचालक समितिको तर्फ बाट सचिब गणेश कुमार दाहालले संस्थाले २०८०/०८१ मा शेयर सदस्यता बृद्धी, सदस्य बिस्तार उपसमिति, बचत बृद्धी, खुत्रुके बचत, क्यालेण्डर र स्मारिका प्रकाशन, एक सहकारी एक सदस्य लाई ब्यबस्थापन गर्ने, भौतिक पुर्बाधार जस्ता कार्यक्रम लाई प्रभावकारी बनाउने बताए ।
लेखा समितिको प्रतिबेदन संयोजक लेखा सुपरिबेक्षण समितिका संयोजक जगदिप चौधरीले संस्थामा पुंजीको मात्रा कमजोर रहेकाले शेयरमा बृद्धी गर्नु पर्ने, कर्मचारी थप गर्नु पर्ने, संचालक समितिको हरेक त्रैमासिक बैठकमा बिश्लेषण तथा बितिय कारोबार बिश्लेष्ण हुनु पर्ने सुझाब दिए ।
कोषाध्यक्ष र्पाबती खडकाको प्रतिबेदन मा शेयर पुजी हिसाब ११ करोड ३ लाख २४ हजार ९ सय रहेको छ । साधारण जगेडा कोष ६७ लाख ४२ हजार १ सय १४, अन्य कोष ४७ लाख ८३ हजार ४ सय ४७, कर्जा नोक्सानी ब्यबस्था १२ लाख ८९ हजार २ सय ३९, निक्षेप हिसाब ५ करोड ३१ लख ३८ हजार १ सय ९, सापटी/ऋण हिसाब १० लाख ९३ हजा। ७ सय ४८, कर दायित्व हिसाब २ लाख ३४ हजार ८ सय ७४, अन्य दायित्व हिसाब ४७ हजार ४ सय ९८ रहेको उल्लेख छ ।
संचाकर्मी सञ्जय कार्की, पवन घिमिरे, स्वस्तिक साकोसका अध्यक्ष नरेन्द्र राना मगर, नब बिकास साकोसका सचिब राजु तिबारी, एकिकृत सकोसका सल्लाकार महेन्द्र चौलागाई ,रौतहट बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष राम बिश्वास पासवान लगायतले साधारण सभाको सफलतको शुमकामना दिएका छन ।
सो सभामा आतिथ्यता बाग्मति साकोसका उपाध्यक्ष समिर बाबु कार्की, सफल साकोसका सचिब अर्जुन थापा लगाएतको सहकारी अभियान्ताहरुको रहेको थियो ।
सहकारी संस्थाका अध्यक्ष कृष्ण खडकाको अध्यक्षतामा सम्पन्न साधारण सभाको संचालन कुल बहादुर क्षेत्रीले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष ऋषब आचार्यले दिएका थिए ।