‘रौतहट २९ असोज । अवैध रुपमा भन्सार छली गरेको सामान प्रहरीले बरामद गरेको छ ।
असोज २७ गते जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गौर न.पा. वडा नं. ५ र वडा नं. २ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लत्ताकपडा, खाधान्न, हाडवेयर र पितलको भाडा बर्तन लगायतका सामान बरामद गरेको छ ।
मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको अबस्थामा प्रहरी गस्ती टोलिलाई देखि लोड रहेको सामान छाडी फरार भएकोले सो स्थानमा प्रहरी टोली ले बेबारिसे अबस्थामा रहेको लत्ताकपडा, खाधान्न, हाडवेयर र पितलको भाडा बर्तन बरामद गरेको छ ।
दुइ लाख १३ हजार तिन सय दश बराबरको सामान स्थानियको रोहवरमा वरामद गरी आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको प्रहरीले जनाएको छ ।