Friday, January 24, 2025

बि.स. २०३० सालमा रौतहट बाट पक्राउ परेका एमाले अध्यक्ष ओलीले पक्राउ परेको दिनको यसरी गरे स्मरण

पछिल्लाे समाचार


काठमाडौं २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ५० वर्ष अघि रौतहटबाट गिरफ्तार भएको दिनको स्मरण गरेका छन ।
मंगलवार ( हिजो) साँझ फेसबुकमा पक्राउ परेक‍ दिनको स्मरण गर्दै अध्यक्ष ओलीले २०३० साल असोज २३ गते साँझ ६ बजे रौतहटको इनवारीबाट कोपुवा जाँदै गर्दा बाटोमा पक्राउ परेको स्मरण गरेका छन ।
ओली संगठन विस्तारका क्रममा रौतहट आउदा पक्राउ परेका थिए । पक्राउ पर्दा अध्यक्ष ओली कोअर्डिनेसन केन्द्र(को.के.)को सचिव थिए ।
आफू पक्राउ परेपछि आफ्ना दुर्दिन सुरु भएको उल्लेख गरेका छन । ओलीलाई पञ्चायती ब्ययवस्थाको सत्ताले अराष्ट्रिय तत्व को आरोप लगाउदै पक्राउ गरेर १४ वर्ष जेल राखेको थियो ।
आफूलाई २५ वटा जेल सारिएको स्मरण गर्दै ओलीले
गौर,चन्द्रगढी,पोखरा,स्याञ्जा,वीरगञ्ज लगायतका जेलहरुमा राखिएको बताएका छन ।
‘चरम यातना, नेल ,हत्कडी,गोलघरको चिसो छिंडी र बिरालोले छाउरा सारे झैं २५ पल्टको जेल सरुवा,अहिले एउटा रोमाञ्चक सम्झना मात्र बनेको छ ’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन ।
‘ती दिन महीना र वर्षहरु ,त्यो समय,त्यो प्रणाली र त्यसबेलाका पात्रहरु ,भोगाइहरु फिल्मको रिलजस्तो याद आइरहन्छन् ।’ अध्यक्ष ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन ।
त्यसबेलाका साथी कालुराम खम्बू (के.आर खम्बू) सँग खिचेको फोटो शेयर गर्दै अध्यक्ष ओलीले ५० वर्ष अघिको क्षणको स्मरण गरेका छन ।
२०३० असोज २३ गते पक्राउ परेका ओलीलाई तत्कालिन सरकारले कठोर यातनापछि २०४४ सालमा विना सर्त रिहा गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु