रौतहट, २४ असोज । विश्व दृष्टि दिवसको अवसरमा बुधवार रौतहटको दुर्गा भगवती गाउँपालिकामा निशुल्क आँखा शिविर आयोजना भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरा स्थित सामुदायिक भवनमा डाक फाउन्डेशनको सहयोग, नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल गौर ८ परेनवा रौतहटको आयोजनामा शिबिर संचालन भएको ह ।
दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहको समन्वयमा शिविर संचालन भएको हो ।
शिविरमा २ सय ५३ जना पुरुष, १ सय ५४ जना महिला गरी ४ सय ७ जनाले आँखाको परिक्षण गराएका छन ।
जसमा ७८ जनालाई मोतिया विन्दु भएको हुँदा उनीहरुलाई निशुल्क रुपमै शल्यक्रिया गरिने शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डले जानकारी दिएका छन ।
१ सय ८१ जना आँखाको विरामीलाई चस्मा र १ सय ४८ जनालाई निशुल्क आोषधी बितरण गरेको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिएका छन ।
गाउँपालिका अध्यक्ष शम्भु सिंह, उपाध्यक्ष शिला देवी, वडा नम्वर १ का अध्यक्ष प्रदुम्न चौधरी, दुर्गा भगवती गाउँपालिकाको स्वास्थ्य संयोजक दिनेश महतो लगायत स्थानीय र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।