चन्द्रपुर,२० साउन । रौतहटको वनमा बाघको संख्या बढेसंगै बाघ बस्तिमा पस्न थालेको गाउलेहरुले बताएका छन ।
केहिदिन अघि चन्द्रपुर ४ स्थित गैडाटार जाने बाटो छेउमा रहेको खानेपानी ट्याङ्की नजिकै बाघ देखापरे पछि स्थानीय त्रसित बनेका छन ।
जन चाहना सामुदायिक वनको बस्ती नजिकै बाघ देखिएपछि स्थानिय त्रिसत बनेका हुन ।
लमाहा, सत्तेरी , आमखोला को बन क्षेत्रमा बाघको बासस्थान रहेको बताइएको छ । गत बर्ष बाघले सत्तेरी बन क्षेत्रमा एक युवकको ज्यान लिएको थियो ।
रौतहटको वनमा बाघको संख्या बढेको र बन छेउका बासिन्दा सचेत रहन डिभिजन वन कार्यलय रौतहटले आग्रह गरेको छ ।