रौतहट २२ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाको ३ स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
जिल्लाकाे चन्द्रनिगाहपुर,गरुडा र गौरमा दशै,तिहार तथा छठ पर्वलाइ मध्यनजर गरी यात्रुहरुको गुनासो सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशिल आर्चायले जानकारी दिए ।
दशैँ तिहार ,छठ चाडवाडमा यात्रुको चाप बढि हुने , यात्रुहरु ठगिने , सवारी साधनले बढि भाडा लिने , क्षमताभन्दा बढि यात्रु राख्ने , यात्रुमाथि अभद्र व्यवहार हुन सक्ने लगायतका समस्याहरु लाई सुल्झाउन सहायता कक्ष स्थापना गरिएको उनले बताए ।
‘यात्रुहरुलाई कुनै समस्या परेमा ९८५५०९०१२३ वा १०३ मा सम्पर्क गर्न समेत सुचित गरिएको छ ।