रौतहट २५ असोज । जिल्लाको १८ वटै पालिका लाई बिधुत बक्यौता रकम ४५ दिन भित्र बुझाउन भन्दै नेपाल बिधुत प्राधिकरणले सुचना जारी गरेको छ ।
चन्द्रनिगाहपुर,गौर र मौलापुर बितरण केन्द्र मा करौडौ रुपैया बिधुत महशुल को बक्यौता बाकि रहेको छ ।
बिधुत प्राधिकरणले गत आर्थीक बर्ष सम्मको बक्यौता रकम बुझाउन सुचना निकालेको हो । बिधुत प्राधिकरणले असोज २१ गते एक सुचना निकाली सडक बत्तीकाे महसुल नबुझाउने रौतहट का पालिका हरुलाइ महसुल बुझाउन सुचना जारी गरेको छ ।
रौतहटको १८ वटै पालिकाकाले सडक बत्ती र हाईमास लाईट जडान गरेर नेपाल विधुत प्राधिकरण लाई महुशल बुझाएका छैनन ।
बिधुत प्राधिकरणको अनुमति नलिईकन सडक बती र हाईमास लाईट जडान नगर्न नेपाल बिधुत प्राधिकरणले आग्रह गरेक छ ।
४५ दिन भित्र बिधुत महुशल नबुझाएमा नेपाल बिधुत प्राधिकरण, बिधुत महशुल संकलन बिनियमाबली २०७८ को बिनियम १० को प्राबधान बमोजिम कारबाही हुने जनाएको छ ।
मिटर जडान नगरी जथाभाबी सडक बतीहरु जोडेको भन्दै नेपाल बिधुत प्राधिकरणको सम्बन्धित बितरण केन्द्रमा सम्पर्क राखी ४५ दिन भित्र नियमानुसार मिटर जडान गर्न गराउन स्थानीय निकाय लाई अनुरोध समेत गरेको छ ।