Wednesday, January 22, 2025

१२ लाख बराबरको भन्सार छलेको समान बरामद

पछिल्लाे समाचार


रौतहट, १६ असोज । रौतहट जिल्लाको विभिन्न सीमानाका बाट अबैध रुपमा भन्सार छलेर भित्रयाइएको १२ लाख मूल्य बराबरको मालसामान नेपाल प्रहरीले बरामद गरेको छ ।


अबैध समानहरु लत्ताकपडा, खाद्यान्न, कष्मेटिक, इलेक्ट्रोनिक, सौफी मदिरा लगायतका ३ वटा मोटरसाइकल र एक तिन पाँग्रे अटो सहित १२ लाख बराबरको समान प्रहरीले नियन्त्रणमा लिएको छ ।


रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी दामोदर केसीले बरामद सामान सहित सवारी साधनलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु