रौतहट २६ असोज । चन्द्रनिगाहपुर – गौर सडक खण्ड अन्तर्गतको चन्द्रनिगाहपुरमा स्थानीय व्यापारीहरुले सडक अवरुद्ध गरेका छन् ।
आश्रय निर्माण सेवा प्रालिले निर्माण गरीरहेको चन्द्रनिगाहपुर – गौर सडक विस्तारको काममा निर्माण कम्पनीको ढिलासुस्ती गरेर लापर्वाही गरेको भन्दै व्यापारीले सडक अवरुद्ध गरेका हुन् ।
निर्माण कम्पनीले महिनौ सम्म सडकमा निर्माण सामाग्री राख्दा दुर्घटनाको जोखिम बढेको , सवारी साधनको धुलोले व्यापार व्यवसायमा समेत प्रभाव परेको व्यापारीहरुको गुनासो छ।
डिभिजन सडक साथै सरोकारवाला निकायको बेवास्ताका कारण निर्माण कार्यमा ढिलासुस्ती भएको स्थानीयको आरोप रहेको छ ।