रौतहट १६ असोज/ रिटर्नी फेडेरेसन नेपाल रौतहट जिल्लामा इरसाद अहमदको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
मंगलवार परोहा नगरपालिका रामपुरमा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचिव खेम कार्कीको प्रमुख आथित्यमा भएको नगर भेलाले कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा मोहम्मद ईमरान, सचिवमा रामदेव ठाकुर ,कोषाध्यक्षमा नुरेजमा रहेका छन ।
सो कार्यक्रममा रिटर्नी फेडेरेसनका रौतहट जिल्ला अध्यक्ष मिलन जर्गा मगर , जिल्ला नेता अवधेस यादव, वडा नंं.९का वडाध्यक्ष कफिल अन्जुम सहभागी रहेका थिए । कार्यक्रमका अथितिहरुमा शंकर ठाकुर,मेराज आलम , रामदेव ठाकुर लगायत रहेका थिए । नेकपा एमालेका वडा कमिटी अध्यक्ष अब्दुल मालिकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रमका व्यवस्थापक समेत रहेका पवन पटेलले गरेका थिए ।
रिटर्नी फेडेरेसन नेपाल परोहा नगर कमिटी रौतहट का पदाधिकारीहरुको नाम यश प्रकार रहेको छ ।
अध्यक्ष ः इरसाद आलम,उपाध्यक्षमा मोहम्मद ईमरान, सचिवमा रामदेव ठाकुर ,कोषाध्यक्षमा नुरेजमा ,सदस्यहरु ःजाकीर हुसेन ,रामेश्वर साह –चन्द्रभुषण),भमन प्रसाद,फैसल एमाम,एकलाख आलम,महिबुल रामपदार्थ,तारा चन्द्र पटेल ,महाराज ठाकुर ,दिलिप साह,मो.ईन्तयाज,श्री भगवान पटेल,मो.ईरफान ,असरफ अली रहेका छन ।