रौतहट १९ असोज । फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव भ्रष्टाचार मुद्दा मा दोषी ठहर भएका छन ।
लालबकैया नदिको ठेक्का रद्ध गरी नगरपालिकाका लाई आर्थीक रुपमा नोक्सान पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा विशेष अदालतले मेयर यादव लाई दोषि ठहर गरेको हो ।
आयोगले सो प्रकरणमा २१ जना लाई प्रतिबादी बनाएपनि विशेष अदालतले मेयर यादव लाई मात्रै दोषि ठहर गरेको थियो ।
विशेष अदालतले मेयर यादवको सजायको बारेमा भने असोज २४ गते निर्णय हुने उपरजिष्ट्रार धन बहादुर कार्कीले जानकारी दिएका छन ।
२०७९ असार १२ गते अख्तियारले मेयर यादव सहित तत्कालीन उपप्रमुख कान्ति देवी, वडा नम्बर १, २, ३, ५, ६, ८, ९,१०,११ का वडाध्यक्ष, केही पूर्व वडाध्यक्ष, तत्कालीन नगर कार्यपालिका सदस्यहरूका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोक्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र रञ्जना साह समेत गरी २१ जनालाई मुद्दा चलाएको थियो । सो प्रकरणमा मेयर यादव मात्रै दोषि ठहर भएका छन।
प्रचलित ऐन, कानुन तथा नियम विपरीत लालबकैया नदिको नदिजन्य पदार्थको ठेक्का रद्द भएको ठहर अख्तियारको थियो ।
ठेक्का रद्द गर्दा फतुवा विजयपुर र गुजरा दुवै नगरपालिकालाई घाटा भएकाले प्रतिवादीहरूबाट असुलउपर गरी ६० र ४० प्रतिशत रकम भराउन अभियोगपत्रमा माग गरिएको थियो ।
लालबकैया नदीको ठेक्काको सम्बन्धमा २०७५ पुस १५ गते भएको निर्णय कार्यान्वयन नगराएको तथा बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै सकलन गर्ने कार्य गरेको अख्तियारको भनाइ छ ।
एक करोड ५२ लाख ५० हजार एक सय ९९ हजार रुपैयाँ बिगो दावी गरिएको सो मुद्दामा श्रीकान्त पौडेल र खुसीप्रसाद थारूको संयुक्त इजलासले मेयरलाई मात्र दोषी ठहर गर्ने फैसला सुनाएको थियो ।
स्थानीय तहकाे निर्वाचनमा दोस्रो कार्यकालको लागि यादव मेयरमा निर्वाचित भएका थिए ।