रौतहट, २४ असोज । भन्सार छलेर नेपाल भित्रयाइएकाे समान प्रहरीले बरामद गरि भंन्सार कार्यालय बुझाएको छ ।
करिव एक लाख १३ हजार मूल्य बराबरको सामान नेपाल प्रहरीले गौर बस पार्कबाट बरामद गरेको थियो ।
मंगलवार विहान ८ बजेको समयमा गौर नपा ६ बाट अबैध रुपमा भन्सार छली गरेर ल्याएका कपडा, वाल घडी लगायतका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा राखेर लगिरहेको अवस्थामा प्रहरीले रोक्न मोटरसाइकल छाेडी भागेको र बेवारिसे अवस्थामा उक्त सामानहरु बरामद गरेको बताईएको छ ।
भन्सार छलीका सामान सहित नम्वर प्लेट नभएको मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिएका छन ।