चन्द्रपुर,१ कार्तिक / चन्द्रपुरमा रहेको बालनिकेतन माध्यमिक विद्यालयले दशैको अबसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।
विद्यालयमा वुधबार एक कार्यक्रमको आयोजना गरी शुभकामना कार्यक्रम आदान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी राम प्रसाद घिमिरे अतिथिहरुलाइ टिका र जमरा लगाइदिएका छन ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोईरालाले बडा दशैको शुभकामना दिनुहुदै बिद्यार्थीहरुले गर्नुपर्ने र गर्न नहुने कामको बारेमा जानकारी गराएका छन ।
हिजोआज समाजिक संजाल सर्तक भएर चलाउनुपर्ने र लागु औषधको कुलतबाट जोगिन बिद्यार्थीहरुलाइ उहाले आग्रह गरे । यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सुशिल आचार्यले यस्ता प्रकारको कार्यक्रमले सदभाब बढाउने धारणा राखेका छन ।
उक्त कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमल्सिना, बिधालयका शिक्षक शिक्षिका , बिधार्थीहरु उपस्थिती रहेको थियो ।
सहभागी अतिथीहरुले क्रमश ः विद्यार्थीलाई टिका लगाउँदै आर्शिवाद दिएको प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमल्सिनाले बताए ।
सोही कार्यक्रममा प्रदेशस्तरिय चित्रकलामा तेश्रो भएकी रिसिका रौनियार र जिल्ला स्तरीय समुदायमा नेपाल प्रहरीको भुमिका शिर्षकमा निवन्ध लेखनमा तेश्रो भएका विनम अधिकारीलाइ डिएसपी कोइरालाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका छन ।
सोही बिद्यालयका एकेडेमिक डाईरेक्टर दिपक रेग्मीले एक आपस बिचको सदभाब बढाउने उदेश्यले यस्ता किसिमको कार्यक्रम नियमित रुपमा गदै आएको बताए ।
हरेक बर्ष बाल निकेतन बिद्यालयले आफना बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाइ टिका लगाएर दशैको शुभकामना दिने र बिदाइ गर्ने गरेको रेग्मीले बताए ।
सो कार्यक्रमको संचालन विनोद राज लौडारीले गरेका थिए । एकेडेमिक डाईरेक्टर दिपक कुमार रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।