Friday, January 24, 2025

बाराको छतवा मा रहेका प्रहरी लाई बदनाम गर्न खोजेको गुनासो

पछिल्लाे समाचार


बारा १ कार्तिक । ईलाका प्रहरी कार्यालय छतवालाई बदनाम गर्ने उदेश्यले प्रहरी चौकीको बारेमा गलत प्रचार भएको स्थानियको गुनासो छ ।
ईलाका प्रहरी कार्यालय छतवामा नभएको घटनालाई समाचारमा देखाएर प्रहरी चौकीमा कार्यरत प्रहरी र छतवा प्रहरी चौकीलाई बदनाम गर्नमा लागि केही सकृय रहेको गुनासो छ ।
प्रहरी चौकी तस्करको कब्जामा, इन्चार्ज सई फरार भन्ने शिर्षकको समचार भ्रामक र कपोकल्पित रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको टोलीले धान तस्करी भईरहेको सूचना पाए पछि छतवामा तस्करी भएर नेपाल आईरहेको धान नियन्त्रणमा लिनको लागि त्यहाँ पुगेको थियो तर त्यहाँ जिल्ला बाट गएको प्रहरी माथि कुनै किसिमको आक्रमण नभएको छतवाका वडा अध्यक्ष सन्तोष पटेलले बताएका छन ।
भारतबाट तस्करी गरी ल्याइएको ५५ बोरा धानको बिषयलाई उचालेर तस्कर र स्थानीय बिच द्धन्द गराउन खोजीएको छतवाका स्थानीबासीले बताएका छन ।
धान नियन्त्रण लिन जिल्लाबाट खटेको प्रहरी टोली स्थानीयले सोमबार आक्रमण नगरेको उनीहरुले बताएका हुन ।
प्रहरीलाई बदनाम गर्ने उदेश्यले गलत समचार सम्प्रेषण गरिएको पूर्व वडा अध्यक्ष हृदय नारायण यादवले बताए ।
स्थानीय प्रहरीको सहयोगमा सोमबार गाउँलेहरू मिलेर जिल्लाको प्रहरीलाई सहयोग गरेको यादवले बताए । आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा भारतीय नम्बरको ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो ।
प्रहरी चौकीमा गाँउपालिका अध्यक्ष , वडा अध्यक्ष सहितका जनप्रतिनिधि यसबारेमा चौकी इन्चार्ज यादव वरिष्ठ सई श्याम यादव संग बुझ्न गएका थिए ।
गाँउपालिकाका अध्यक्ष जुवेर अलि भुटोले तस्करीको कुरालाई उचालेर स्थानीयहरुलाई बदनाम गराउन खोजिएको बताएका छन ।
ईलाका प्रहरी कार्यालय छतवामा बरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादव लाई बदनाम गर्न खोजिएको गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु