Friday, January 24, 2025

बन जोगाउन अन्तरकृया

पछिल्लाे समाचार


रौतहट २९ असोज । डिभिजन वन कार्यालय रौतहटमा वन सम्बन्धी विभिन्न समस्याहरु बारे सरोकारवालाहरू सगको अन्तरकृया कार्यक्रम भएको छ ।
वन अतिक्रमण, चोरी निकासि, आगलागि नियन्त्रण सम्बन्धि सरोकारवालाहरूको छलफल डिभिजन वन कार्यालय रौतहटका डिएफओ शैलेन्द्र कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।
डिभिजन वन कार्यालय रौतहटको आयोजनामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटको आ.ब. २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गतको “वन अतिक्रमण, वन पैदावार चोरी निकासी नियन्त्रण, आगलागि नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसंग छलफल भएको छ ।
कार्यक्रममा डिएफओ मिश्रले हिन्दुहरुको महान पर्व बिजयादशमी, शुभ दीपावली तथा आउदै गरेको छठ पर्वको शुभकामना दिएका छन ।
उनले वन कार्यालयको लागि याे बर्ष २०८० साल धेरै चाएलेन्जिङ बर्ष रहेको बताए ।
वन क्षेत्रमा हुने गरेका वन अतिक्रमण, वन पैदावार चोरी निकासी, आगलागि जस्ता विभिन्न समस्याहरुलाई सबैले हातेमालो गरेर सहयोग गरि वन सम्बन्धी समस्याहरुलाई समाधान गर्न सकिने बताएका छन ।
कार्यक्रममा गैड़ाटार सब डिभिजन वन कार्यालयका वन अधिकृत बिमल कुमार ठाकुर, डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत महालक्ष्मी शर्मा, वन अधिकृत राजेश शाह, अधिकृत मधुकान्त प्रसाद सिंह, पत्रकार शैलेन्द्र झा, पत्रकार शिवपुरी, संजय कार्की, मनोज कुमार साह, दिपेश पौडेल, रौशन कुमार चौधरी, आरएन पटेल, रूपेश यादव, सरोज मिश्र, हनुमत कुमार यादव, सुमित कुमार यादव, बिना राउत, रणधीर साह,रमेश कुमार यादव लगायत जिल्लाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु