Sunday, January 26, 2025

पतञ्जली योग समिति चन्द्रपुर द्वरा सत्संग कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


चन्द्रपुर,१ कार्तिक /रौतहटको चन्द्रपुरमा पतन्जली योग समितिको आयोजनामा सत्संग कार्यक्रम सम्पन्न भएको छ । पतन्जलि योग समिति चन्द्रपुरका अध्यक्ष अर्जुन तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा तीन सदस्यीय महिला समिति समेत चयन गरेको छ ।
समितिको जिल्ला महिला प्रभारी विमला कुमारी ढकाल(गौतम), महामन्त्री किरण कुमारी झा र सदस्यमा इन्दिरा तिवारी चयन गरेको छ ।
सो कार्यक्रम समितिका सचिव सुनिल कुमार झाले संचालन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पतन्जलि योग समिति नेपालका केन्द्रीय महिला प्रभारी साध्वी देव आदिति रहनु भएको थियो भने विशेष अतिथि केन्द्रीय सदस्य हिरा अधिकारी,अतिथिहरुमा मधेश प्रदेस सदस्य भुपाल श्रेष्ठ,बारा जिल्ला प्रभारी सुरेस साह,महिला प्रभारी सिला साह, सप्तरी महिला प्रभारी शान्ता चौधरी , शम्भु सिहं,सावित्री सिहं , समाज सेवी शम्भु भट्टराई, पतन्जलि योग समिति चन्द्रपुरका योग गुरु , साधक साधिका हरुको उपपस्थिति रहेको थियो ।
कार्यक्रममा योग स्वास्थ्यको लागि अति नै आवश्यक भएकाले यसलाई समाजको हरेक तहतप्कासम्म पुर्याउन समय समयमा शिविरको आयोजना गरि योगको महत्व बुझाउनु पर्नेमा सहभागीहरुले धारणा राखेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु