रौतहट,२५ असोज । चाडवाडको समय बढी हुने सवारी दुर्घटना सम्बन्धी चेतना मुलक कार्यक्रम बिहिबार देखी रौतहटको चन्द्रनिगाहपुरबाट सुरु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले रौतहटको चन्द्रनिगाहपुरबाट चेतना मुलक स्टिकर तथा पर्चा बाँडेर सुरुवात गरेका छन ।
बिहिबारबाट मधेश प्रदेशमा ट्राफिक प्रहरीले चाडवाडका बेला हुने सवारी दुर्घटना ,बढी भाडा असुल्ने ,तिब्र गतिमा सवारी चालउने तथा सवारी चलाउँदा मोवाईफोन प्रयोग गर्ने हरुलाइ सचेत गराउन स्टिकर तथा पम्पेलेट वितरण गरेको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा स्थापना गरिएको यात्रु सहायता कक्षबाट सुरुवात भएको चेतना मुलक कार्यक्रम मधेश प्रदेशका आठै जिल्लामा गरिने प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिएकाछन् ।
बस,ट्रकको छतमा बसेर यात्रा नगर्न ,फुटपाथ भएको सडकमा फुटपाथबाट मात्र हिडन ,दुर्घटनाको पिडा सवारी चालक आफैलाई हुन्छ प्रहरीलाई हुदैन्,ट्राफिक नियम मिचेकोमा गर्व हैन लाज मान्ने गरौ ,बिस्तारै गए अवस्य पुगिन्छ,छिटो गए भन्न सकिन्न,बिना नम्बरका वानटेष्ट सवारी साधन नचलाउँ ,चाडबाडका बेला यात्रुसंग बढीभाडा नअसुलौं भन्ने पर्चा बाडेर मधेश प्रदेशमा रौतहटको चन्द्रनिगाहपुरबाट सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिएका छन् ।
मधेश प्रदेशका ट्राफिक प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले चन्द्रनिगाहपुरमा स्थापना गरेको यात्रु सहायता कक्षको निरीक्षण गर्नुका साथै पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर स्थित राजमार्गमा राखिएको सिसि क्यामेराको समेत निरीक्षण गरेका छन ।