रौतहट ८ कार्तिक ।
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्वमन्त्री ,सांसद प्रभु साहले जंगली जनावर बाट रौतहटका किसान पिडित बनेको बताएका छन ।
देवाही गोनाही नगरपालिकाको टिकुलिया-पिप्रा, गोनाही र धरहरी तथा गरुड़ा नगरपालिकाको लक्ष्मीपुर-अमरपट्टी लगायतका गाउहरुमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम मा अध्ययक्ष साहले सो बिषय उठान गरेका छन ।
लालबकैया नदी किनारका सयौ किसानहरु घोड़गाहा, (निलगाइ)बदेल, बाँदर लगायतका जंगली जनावरबाट पिडित हुँदै आएको बताएका छन ।
पीड़ित किसानलाई उचित क्षतिपूर्ति दिन र जंगली जनावर नियन्त्रण गर्न जनताको माग रहेकोले यसप्रति नेपाल सरकार र सम्बन्धित निकायको गंम्भीर ध्यानाकर्षण गराएको अध्ययक्ष साहले जनाएका छन ।