रौतहट २२ असोज / चन्द्रपुर नपा वडा नम्वर ६ को विभिन्न बाटोहरु को स्तरोन्नती गर्ने काम धमाधम भइरहेको छ ।
सो वडामा रहेको मोथियाहि हुँदै सन्तपुर जाने बाटो , मोथियाही गौरराेड हुँदै मैरा जाने बाटो ,मोथियाही हुँदै बेल्डि निस्कने २० फिटको कृषि सडक , कुल बहादुर ठाेकरको घर हुँदै शेषराज घिमिरेको घर निस्कने बाटो ,क्याम्पस रोड लगायत कच्ची सडक हरुको स्तरोन्नति गर्ने काम भैरहेको वडा अध्यक्ष सहदेव केसीले जानकारी दिएका छन ।
सडक मर्मम तथा स्तरोन्नतीको लागि सडक बोर्ड नेपालले बजेट बिनियोजन गरेको र ती योजनाको काम भैरहेको अध्यक्ष केसीले बताएका छन ।