चन्द्रपुर,२२ असोज। चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्न अन्तकृया कार्यक्रम गरशिएको छ ।
मेयर सञ्जय कुमार काफ्ले र लायन्स क्लव अफ चन्द्रनिगाहपुर को समन्वयमा सोमबार राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक तथा प्रशासकीय अधिकृत एबम् लाईन्स क्लबका पदाधिकारीहरुको संयुक्त टोलीले चन्द्रपुर ५ स्थित रहेको सरकारी अस्पतालको निरीक्षण एबम् अवलोकन गरेका छन ।
दुर्घटना एबम् अन्य कारण अनाहकमा ज्यान गुमाउनेको संख्या मा कमी ल्याउन र उपचार सेवा स्थानीय स्तरमै उपलब्ध गराउने उदेश्यले चन्द्रनिगाहपुर सरकारी अस्पतालबाट ट्रमा सेन्टरको सेवा उपलब्ध गराउन ट्रमा सेन्टर स्थापना गराउन लागिपरेको नगरप्रमुख सञ्जय कुमार काफ्लेले बताए ।
लाईन्स क्लव रौतहटका प्रतिनिधि दीपक रेग्मीले सञ्चालन गरेका उक्त अन्तर्क्रिरया एबम् अवलोकन कार्यक्रममा पूर्व सांसद कल्याणी खड्का, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजाल, प्रशासकीय अधिकृत नवराज गौतम,डा. निवेश प्रसाद श्रेष्ठ, नवराज गौतम, राष्ट्रिय ट्रमा सेन्टरका अर्थो स्पाइन् सर्जन डा. लक्ष्मी कन्त शर्मा,विमल श्रेष्ठ, राष्ट्रिय ट्रमा सेन्टरका डा. कृष्ण नन्दन चौधरी, लाईन्स क्लबका शेख अजहरुदिन, खड्ग बम्जन , निर्मला सुवेदी,नारायण न्यौपाने, वाशुदेव अधिकारी, सरकारी अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा अभिनन्दन श्रीवास्तव, चन्द्रपुर अस्पताल अस्पतालका प्रालीका डाक्टर सुबास चौधरी लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।
अनुगमनमा आएका निर्देशक बद्री रिजालले अनुगमनका क्रममा चन्द्रनिगाहपुर सरकारी अस्पतालमा केही आवश्यक पूर्वाधार निर्माण कार्य गर्न आवश्यक रहेको र चन्द्रपुरमा ट्रमा सेन्टर स्थापनाको लागि उपयुक्त हुने बताएका छन् ।