मुकेश कुमार साह, रौतहट २६ असोज । रौतहटको चन्द्रपुरमा बृहत धार्मिक सदभाव र्याली निकालिने भएको छ । नेपालको राष्ट्रिय जनावर गाईको हत्या गरी सामाजिक वैमनस्यता फैलाउने तथा सामाजिक सदभाव खलबल्याउने कृयाकलापको विरुद्धमा शनिवार सदभाव र्याली निकालिने भएको हो । बिहान १० बजे देखी हुने र्यालीमा सहभागी हुन प्रसिद्ध धार्मिक गुरुहरु समेत आउने आयोजक बिश्व हिन्दु महासंघ रौतहटका अध्यक्ष डा.शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार भोली हुने कार्यक्रममा धार्मिक गुरु आचार्य राघव उपाध्याय,अच्युत प्रपन्न स्वामी,दिनबन्धु शास्त्री र नन्दकिशोर भारद्वज लगायत आउने हुने भएका छन । नेपालमा आफ्नो धर्म, संस्कृति विरोधी गतिविधि बढेकाले आफूहरुले त्यसको संरक्षणको निम्ति प्रदर्शनको कार्यक्रम राखेको हिन्दु महासंघ रौतहटका उपाध्यक्ष रामशरण गौतमले जानकारी दिए ।
उनले भोली हुने कार्यक्रममा सम्पूर्ण देशभक्त राष्ट्रप्रेमी राजनैतिक दल, सम्पूर्ण आस्थावान जनसमुदाय लगायत धार्मिक संघसस्थाहरुको उपस्थितिका लागि अपिल गरेका छ्न ।