रौतहट, २५ असोज । दुर्गा भगवती गाउँपालिका मा संचालन भएको आँखा शिविरमा फेला परेका मोतियाबिन्दु का विरामीहरुलाई गौर आँखा अस्पतालमा शल्यक्रिया गरिएका छन् ।
शिविर मा फेला परेका ७८ जनालाई मोतिया विन्दु भएको फेला परेपछि निशुल्क रुपमै शल्यक्रिया गरीएको शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डले जानकारी दिएका छन ।
नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा ८ रौतहटमा मोतिया बिन्दु भएका विरामीहरुलाई विहिवार शल्यक्रिया गरिएकाे थियो ।
हुन् । विरामीहरुलाई निशुल्क रुपमा गरिएको शैल्यक्रियामा डाक फाउन्डेशनले आर्थिक सहयोग पुर्याएको जानकारी दिदै शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले दुर्गा भगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका तथा अन्य पालिकाहरुमा लागेको शिविरमा शैल्यक्रियाको लागि छनौंट भएका विरामीहरुलाई सवारीसाधानबाट हिजै ल्याएर शैल्यक्रिया गरिएको तथा आज उनीहरुलाई विदाई सम्मान गरिएको उनले भने । विरामीहरुलाई गौर आँखा अस्पतालका प्रशासन प्रमुख नागेश्वर चौधरी, लेखा अधिकृत पवन न्यौपाने सहितका पदाधिकारीहरुले फलफुल वितरण गर्दै घाउ निको नभए सम्म घरमा राम्ररी बस्न सुझाव सल्लाह दिए ।
दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहको पहलमा शैल्यक्रिया गराउन गएका विरामीहरु र कुरुवाको लागि खानाको समुचित व्यवस्थापन गरिएको, डाक फाउन्डेशनले शैल्यक्रिया गर्नमा लाग्ने आर्थिक सहयोग गरेको जानकारी सत्येन्द्र पाण्डले दिए ।