गौर २२ असोज । रौतहटको गौर नगरपालिका -१ मा रहेको शिवालय पोखरीमा मोटरबोट सञ्चालनमा ल्याइएको छ ।
गौर नगरपालिकाका मेयर शम्भू साहले गौर १ को शिवालय पोखरीमा आधुनिक मोटरबोट को सोमवार उदघाटन गरेका छन्।
चालक सहित १० सिट क्षमताको सो बोटले स्थानिय तथा बाह्य पयर्टकलाई आकर्षित गर्ने मेयर साहको दाबी छ ।
जिल्लावासी तथा अन्य पर्यटकलाइ आकर्षित गर्न पोखरी सौन्दर्यीकरण पश्चात बोटिङ्ग सेवा शुरु गरेको मेयर साहले बताए ।
नेपाल सरकार सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाबाट पोखरीको सौन्दर्यीकरण भएको थियो ।
मन्त्रालयको करीब तीन करोडको लागनीमा निर्माण भएको पोखरीम सर्वसाधारणका लागि बोटिङ्ग खुल्ला गरिएको छ ।
सो पोखरीको किनारमा गौर नगरपालिकाले खुल्ला व्यामशालाको व्यवस्था समेत गरेको छ ।