रौतहट १६ असोज / गढिमाइ नगरपालिका वडा नं. ७ को कार्यालयमा स्थानीयले तलावन्दी गरेका छन् ।
वडा अध्यक्ष टपेन्द्र यादवले कार्यवाहक नै नदिएर विदेश गएका कारण काम अवरुद्ध भएपछि आक्रोशित स्थानिय ले वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
वडा अध्यक्ष यादव उपचार गराउन भनि भारतको नया दिल्ली गएका कारण वडा अध्यक्षबाट हुने सिफारिस , चार किला प्रमाणित , घर जग्गा मुल्यांकन लगाएतका काम राोकिएको वडा सचिव जितेन्द्र यादवले बताए ।
वडा अध्यक्ष यादवले बिना कुनै सूचना वा जानकारी नै नगराइ एक हप्ता देखि जनतको काम अवरुद्घ गरि उपचारको बहानामा भारत गएको भन्दै स्थानीयले आक्रोश पोखेको नेकपा माओवादी केन्द्रका स्थानिय नेता मेराजुल अन्सारीले बताए ।
वडा अध्यक्ष यादव लामो समयका लागि बाहिर जादा नियमानुसार कुनै वा वरिष्ठ वडा सदस्यलाई कार्यवाहक वडा अध्यक्ष दिनु पर्ने भन्दै नदिएकोमा नेता अन्सारीले दुख व्यक्त समेत गरेका छन ।
गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले वडा अध्यक्षले कार्यवाहक नतोकेर कमिकमजाेरी गरेको बताए ।