रौतहट, २९ असोज । गौर कारागारमा रहेका कैदीबन्दीहरुलाई ल्याएको चामल पसलमा विक्री भएको पाइएको छ ।
रौतहट प्रहरीले आईतवार साँझा पसल मा छापा मा
एक सय १४ बोरा चामल प्रहरीले पसल बाट बरामद गरेकाे छ ।
गौर कारागारमा रहेका कैदीबन्दी लाई नेपाल सरकारले प्रतिदिन ७०० ग्राम चामल र ८० रुपैया नगद प्रतिव्यक्ति दिदै आएकोमा आईतवार घटस्थापना को बिदाको मौका छोपी गौरको बरहवा पुल तर्फ जाने बाटोमा खाद्यान्न पसलमा कारागारका मुख्य चौकीदार मनोजकुमार बैठाले विक्री गरेको जिल्ला प्रहरी कार्यालय गौरलाई सुचना प्राप्त भएको सुचनाको आधारमा पसलमा छापा मार्दा एक सय १४ बोरा चामल बरामद गरेका थिए ।
आइतवार ५५ बोरा चामल विक्री गरेपनि पहिला विक्री गरिएको बोरा समेत त्यही फेला परेको गरी कुल एकसय १४ बोरा (प्रति बोरा ५० केजी) फेला परेको छ ।
प्रहरीले बरामद गरेको चामलको बोरा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय रौतहटलाई जाहेर गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैदीबन्दीहरुको लागि आएकाे चामल पसलबाट बरामद भएको प्रहरी प्रतिबेदनबाट जानकारी भएपछि आवश्यक अनुसन्धान भईरहेको बताए ।
गौर कारागारका जेलर मणीभुषण साहले कैदीबन्दीहरुलाई सरकार बाट पाउदै आएको दैनिक चामल स्केल ७ सय ग्राम चामल खान नसक्दा बढि भएर चौकीदारको मार्फत विक्री गरेर सागसब्जी, माछामासु खाने गरेको जानकारी दिए । राज्यबाट पाउने चामल सोना मन्सुली आउने गरेको कतिपय कैदीहरु मसिनो र बासमती चामल खाने गरेको हुँदा विक्री गरेको बताएका छन ।
खाना पकाउदा ग्यास, तेल, मसला लगायतको सामानहरु खरिद गर्नका लागि विक्री गर्ने गरेको उनले बताए ।
गौर कारागारमा कैदी बस्ने २ सय क्षमता भएपनि २० महिला बालबालिका सहित करिव ४ सय कैदीबन्दी रहेका छन ।