रौतहट २२ असोज । कटहरियामा एकीकृत सेवा केन्द्र स्थापना गर्न प्रधान मन्त्री लाई ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्र सोमवार आज आम जनता पार्टीको अध्यक्ष एवं रौतहट-३ बाट निर्वाचित सांसद प्रभु साहको नेतृत्वमा कटहरिया नगरपालिकाबाट सर्वदलिय प्रतिनिधि टोलीले प्रधानमन्त्री पुष्प कमल दाहाललाइ ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा भनिएको छ ,कटहरिया बाजार रौतहटको एक ऐतिहासिक बाजार हो । व्यापार-व्यवसायमा फरक पहिचान बनाएको कटहरिया नेपालको हरेक परिवर्तनकारी आन्दोलनमा अग्रणी भुमिका खेल्दै आएकोछ । पंचायतकालमै सरकारी प्लानिंगको साथ व्यवस्थित गरिएको उक्त बजार चारैतिरबाट कालोपत्रे सडक मार्ग संग जोडिएको छ । सहरी बिकास मन्त्रालयबाट नयाँ शहरको रूपमा अगाडी बडाएको छ भने संघीय खानेपानी मन्त्रालयबाट साना सहरी खानेपानी आयोजना सम्पन्न गरेको छ । रौतहटको उत्तरी र पश्चिमी क्षेत्रको ठुलो जनसंख्यालाई जोड्ने उक्त बजार निर्वाचन क्षेत्र नं. ३ को केन्द्र हो । जिल्ला सदरमुकाम गौरबाट झण्डै ३० / ४० कि. मी. टाढा रहेको यो क्षेत्रको जनतालाई सहज सरकारी सेवा प्रदान गर्न कटहरियामा एकीकृत सेवा केन्द्र स्थापना जरुरी छ । यसर्थ हरेक पुर्वाधारले सम्पन्न जिल्लाको अधिकांश जनसंख्याको केन्द्र तथा ऐतिहासिक विरासत बोकेको कटहरियामा एकीकृत सरकारी सेवा केन्द्र स्थापना गर्न • बिशेष अनुरोध गर्दछौ ।
ज्ञापन पत्र बुझाउन कटहरिया न.पा- पूर्व मेयर सियाराम प्रसाद कुश्वाहा ,नेपाली कांग्रेसको तर्फबाट प्रदेश प्रतिनिधिः- जवाहरलाल प्र. यादव, नेकपा (एमाले) को प्रतिनिधि तथा मेयर प्रत्यासि:- योगेन्द्र साह ,नेकपा (माओबादी) केन्द्र को तर्फबाट प्रतिनिधिः प्रहलाद साह ,आम जनता पार्टीको तर्फबाट प्रतिनिधिः- नरेश प्र. तुरही ,लोकतांत्रिक समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि प्रमोद पटेल , जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिः- जितेन्द्र यादव ,नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिः- ओम प्रकास पटेल, जनमत पार्टीको तर्फबाट प्रतिनिधिः रुपनारायण पासवान सहभागी थिए ।
यता, आम जनता पार्टी अध्यक्ष तथा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य, रौतहट ३ का प्रभु साहले कटहरियामा एकीकृत सेवा केन्द्र स्थापना गर्न माग गरेका छन ।
रौतहट जिल्लाको मध्यभागमा रहेको पुरानो तथा एक ऐतिहासिक बजार हो कटहरीया । गौरवशाली विरासत बोकेको कटहरीया देशको हरेक राजनितिक संघर्षमा अग्रणी भुमिका निर्वाह गर्दै आएको छ । विभिन्न उत्पादनमा प्रसिद्ध कमाएको उक्त बजार मधेशकै चर्चित व्यापारीक केन्द्र हो । रौतहटको उत्तरी-पश्चिम भेगको साझा बजारको रुपमा रहेको कटहरीया निर्वाचन क्षेत्र नं. ३ कै केन्द्र हो । हरेक पुर्वाधारले सम्पन्न उक्त बजारमा एकिकृत सरकारी कार्यालयहरु न हुदाँ यस क्षेत्रको जनता आफुलाई पिडित महसुस गर्दै आएका छन । जिल्ला सदरमुकाम गौरबाट. टाढा रहेको यस क्षेत्र खास गरि फतुवाबिजयपुर, गुजरा र कटहरीया लगायतको नगरपालिकाको जनतालाई सरकारी सेवा प्राप्त गर्न धेरै कठिनाइ रहेको छ । सिंहदरवारको अधिकार गाउँ घरमा पुर्याउने सम्माननीय प्रधानमन्त्रीज्यूको अभियान रहेको सन्दर्भमा रौतहट निर्वाचन क्षेत्र नं. ३ को जनतालाई पनि सहज सरकारी सेवा उपलब्ध गराउन कटहरीयामा सेवा केन्द्र स्थापना जरुरी रहेको संसद साहले बताएका छन ।