Thursday, January 23, 2025

उद्योग बाणिज्य संघ चन्द्रपुरको ब्यापाारीहरु संग आग्रह

पछिल्लाे समाचार


चन्द्रपुर २१ असोज । उद्योग बाणिज्य संघमा आबद्ध सम्पूर्ण उद्योगी बाणिज्य संघ चन्द्रपुरले कानुनले बन्देज गरेको वस्तु बिक्री वितरण नगर्न ब्यापाारीहरु संग आग्रह गरेको छ ।
हाल बजारमा म्याद गुज्रिएका वस्तुहरू समेत बिक्री वितरण भएको भन्ने खवर सामाजिक सञ्जाल मा देखिन थालेकाे त्यस प्रती गहन अनुसन्धान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको संघले जनाएको छ ।
व्यवसायी हरुले आ-आफ्नो पसल, गोदाम आफैले निरीक्षण गरी म्याद गुज्रिएका बस्तु रहेछन भने तुरन्त हटाएर बिक्री वितरण गर्न नमिल्ने भनि लेखेर छुट्टै राखी सम्बन्धित डिलर वा कम्पनीमा जानकारी गराएर नष्ट गर्न र असल नैतिकवान मर्यादित व्यवसायीको परिचय दिन समेत अनुरोध गरेको छ ।
नजिकिँदो चाडपर्व लाई मध्य नजर गरी उद्योगी व्यवसायी हरुले आफूले दिन सक्ने छुट दिएर व्यवसाय प्रवर्धन गर्नुहुन, सम्बन्धित निकाय बाट कुनै पनि बेला हुन सक्ने अनुगमनमा गैरकानुनी ढंगले व्यापार व्यवसाय गरेको पाईएमा, व्यवसाय स्थलमा फोहोर भेटिएमा, फर्म दर्ता प्रमाणपत्र, प्यान कार्ड, फर्मको नाम प्यान न. सहित लेखिएको बोर्ड, उद्योग बाणिज्य संघको दर्ता प्रमाणपत्र, सबै प्रमाणपत्रको नियमित नवीकरण, मूल्य सूची, देखिने गरी राखेको नपाईएमा त्यस्ता व्यवसायीहरुलाई कानुन बमोजिम कारवाही हुने समेत संघले जनाएको छ । जानकारी पाएर पनि लापरवाही गरेमा सम्पूर्ण जिम्मेवारि व्यवसायी स्वयं हुने सुचनामा उल्लेख छ ।
चन्द्रपुर नगर उद्योग बाणिज्य संघमा आबद्ध व्यवसायी हरुले चालू आ.ब को नवीकरण शुल्क तिरी सदस्यता नविकरण गराउन र संघमा आबद्ध नभएकाहरुलाइ आवद्द हुनका लागि महाचिव जनक राज भारती आग्रह समेत गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु