Thursday, January 23, 2025

ईसेवाको आधिकारिक कर्मचारी भन्दै ठगी

पछिल्लाे समाचार


रौतहट १३ कार्तिक।, ईसेवाको कर्मचारी भन्दै १८ जना बाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको भन्दै ५ जनालाई रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गौर नगरपालिका-५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका-६ बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् ।
उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण, केवाइसि अपडेट , खाता बिवरण रुजु गर्न शुल्क नलाग्ने ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराईदिन्छु भनी पीडितहरुबाट उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु