Thursday, January 23, 2025

सस्तो मा उखु बेच्नु परेको किसानको गुनासो

पछिल्लाे समाचार

रौतहट १३ कार्तिक । उखुको मूल्य लागत भन्दा सस्तो भएको किसानको गुनासो छ ।
अहिले उखु किसान सक्खर उद्योगताई सस्तो मूल्यमा उखु बेच्न बाध्य भएका छन्।
उखु किसानले प्रतिक्विन्टल करिब चार सय रूपैयामा उखु सख्खर उधोगमा बिक्री गर्न बाध्य छन ।
अहिले सख्खरको मूल्य प्रतिक्विन्टल सात हजार रुपैयाँ रहेको छ। सक्खर व्यवसायी शिवमंगल दासले बजारमा सक्खरको मूल्य प्रतिक्विन्टल सात हजार रूपैयाँ रहेको बताएका छन्।
सक्खर महंगो हुँदा पनि उखुको मूल्य निकै कम भएको उखु किसानहरुको गुनासो छ ।
दलहन, तेलहन र गहुँका साथै तरकारी बाली लगाउन सजिलो हुने भएकाले किसानले सस्तोमा उखु बेचिरहेको गढीमाई २ का किसान धर्मेन्द्र पटेलले बताएका छन्।
यस्तै समनपुरका किसान रवीन्द्र सहनी ले भाउ नपाए पनि अन्य बाली लगाउन पाइने भएकाले सस्तोमा उखु बेच्नु परेको बताए‌का छन्।
क्रसर उद्योगका संचालक किसनन्दन साहले एक क्विन्टल सख्खर उत्पादन गर्न १५/१६ क्विन्टल उखु लाग्ने गरेकाले बजार भाउको हिसाबले उखु किनिरहेको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु