रौतहट १६ असोज । नेकपा एमालेको नजिकदै गरेको मधेश अधिवेशनको लागी रौतहट जिल्लाबाट प्रतिनिधि चयन कार्य सकिएको छ ।
रौतहटको १८ वटै पालिकामा सर्वसहमत रुपमा प्रतिनिधि चयन भएको छ ।
आउदो असोज २३ र २४ गते हुने मधेश प्रदेश अधिवेशनमा रौतहटबाट ८८ जना प्रतिनिधि चयन भएको नेकपा एमाले रौतहट जिल्ला कमिटिका संयोजक सचितानन्द साहले जानकारी दिएका छन ।
रौतहटमा सबैभन्दा बढी चन्द्रपुर नगरपालिकाबाट १२ जना प्रतिनिधि चयन भएको संयोजक साहले बताए ।
संयोजक साहले दिएको जानकारी अनुसार गौर, चन्द्रपुर,इसनाथ,बौधीमाइ,मौलापुर,फतुवा बिजयपुर, कटहरिया, देवाही गोनाही, गढीमाइ, बृन्दावन, परोहा, राजपुर नगरपालिका तथा यमुनामाइ र दुर्गाभगबती गाउपालिकामा ३–३ जना प्रतिनिधि चयन भएका छन ।
मंगलवार सम्म गुजरा नपाको प्रतिनिधि छनौट बाकी रहेको एक नेताले बताएका छन ।
यसैगरी चन्द्रपुर नगरपालिकाबाट १२ जना, गरुडा नगरपालिकाबाट ५ जना,राजदेबी नगरपालिकाबाट ४ जना र माधब नारायण नगरपालिकाबाट ५ जना प्रतिनिधि चयन भएको संयोजक साहले जानकारी दिए । यस्तै दलित कलष्टरबाट ८ जना,मुस्लीमबाट ८ जना र जनजातीबाट ४ जना मधेश प्रदेश अधिबेशनको लागी प्रतिनिधिमा सर्वसहमत चयन भएको उनले बताए । यसबर्ष मात्रै नेकपा एमालेको पार्टी सदस्यता २ हजार ७ सय ९७ जनाले लिएको उनले जानकारी दिएका छन ।
पुरानो १ हजार २ सय ९९ जनाले नबिकरण गरेको समेत गरेर रौतहटमा हाल ४ हजार ९६ जना पार्टी सदस्य रहेका छन ।