Friday, January 24, 2025

राजदेवीमा बालबालिका चिसो भुइमा बसेर पढ्न बाध्य

पछिल्लाे समाचार


रौतहट । राजदेवी नगरपालिका वडा नम्बर ३ मा रहेको प्राथमिक विद्यालय चण्डियामा डेक्स बेन्च नहुदा बालबालिकाहरु भुइमा बसेर पढेन बाध्य छन ।
सो बिधालयमा कालो पाटी समेत नहुदा शिक्षक शिक्षिका लाई पढाउन समेत समस्या हुँदै आएको गुनासो थियो ।
सञ्जालमा सार्वजानिक पढाउन समस्या भएको कुरा बाहिर आएपछि राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादवको पहलमा ह्वाइट बोर्ड को ब्यवस्था भएको छ ।
सो बिधालयका प्रधानाध्यापक संगीत श्रीवास्तवका अनुसार कक्षा १ मा अध्ययनरत बाल बालिकाले कोठाको पर्खालमा लेखेर पढ्दै आएका थिए ।
कापिमा एक एक विद्यार्थीलाइ लेख्नुपर्ने भएकोले बाल बालिकाले नै आग्रह गरेपछि पर्खालमा लेखेर पढाउनु परेको उनको भनाइ छ ।
सो बिधालय मा ३ सय १० जना विद्यार्थी छन । विद्यालय को नया भवनको अधुरै रहेकाले पढाइमा विभिन्न समस्या हुने गरेको बिधार्थीले गुनासो गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु