Thursday, January 23, 2025

कांग्रेसका नेता कोइरालाले गरे विद्यार्थीलाई ट्रयाकसूट सहयोग

पछिल्लाे समाचार


रौतहट २४ असोज । चन्द्रपुर नगरपालिका वडा न ८ मोतीपुरमा रहेको शिव शक्ति आधारभूत विद्यालयका बिधार्थीलाइ ट्र्याक सुट वितरण गरिएको छ ।
कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली काग्रेस मधेश प्रदेशका नेता रबिन चन्द्र कोइरालाले विद्यालयका विपन्न वर्गका छात्रछात्राहरुलाई ४० सेट ट्र्याकसुट वितरण गरेका छन
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजकुमार बछारको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अथिति कोइरालाले विद्यालयका छात्रछात्राहरुलाई अध्ययनको लागि प्रेरित गर्ने उदेश्यले ट्रयाकसुट सहयोग गरेको बताएका छन ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिकाहरु, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु