Thursday, January 23, 2025

कटहरिया नपामा हाकीम लैजाने बिषयमा शिहदरवारमा कुटाकुट

पछिल्लाे समाचार


रौतहट २२ असोज । प्रमुख प्रशासकीय अधिकृत लैजाने विषयमा सिंहदबारभित्र कटहरिया नगरपालिकाका मेयर र एक ब्यक्ती बीच बिवाद पछि हात हालाहाल भएको छ ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र कटहरिया नगरपालिकाका वडा ५ का स्थानिय दीपक कुमार दुबेबिच सिंहदबार भित्र बिवाद भएको हो ।
शिहदरवारमा रहेको नेपाली काँग्रेस संसदीय दलको चमेना गृहमा झगडा भएको हो ।

कटहरियाका मेयर अजय प्रकाश
प्रमुख प्रशासकीय अधिकृत कटहरिया नगरपालीकामा लैजाने विषयमा कर्मचारीहरु मध्य कसलाई लाने भन्ने बिषयमा सामान्य प्रशासन मन्त्रालय कर्मचारी महाशाखाका सहसचिव सुमन दाहालसगको छलफलमा मेयरले वरिष्ठ कर्मचारी छाडेर पाँचौं तहको कमर्चारीलाई निमित्त बनाउन खोजेपछि अन्य कार्यपालिका सदस्यले मेयर सो प्रस्तावलाई अस्वीकार गरी वरिष्ठ कर्मचारीलाई नै निमित्तको जिम्मेवारी दिनु पर्ने विषयमा विवादले उग्ररुप लिदा सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाहिर भनाभन भएको थियो ।
मेयर अजय प्रकाशले नगरपालीकामा कार्यरत पाँचौं तहका कबिर देवानलाई निमित्त प्रशासकिय प्रमुख लान खोजे पछि बिवाद भएको थियो ।

दिपक कुमार दुवे
विवाद चकिदै जादा मेयर अजय प्रकाशले दीपक कुमार दुबेको करिब ३० सेकेन्ड जाती घाँटी थिचेको र त्यहाँ रहेका अन्य व्यतिले उनीहरुलाई छुट्याएको प्रत्यक्षदर्शीले बताएका छन ।
पुन: नेपाली काँग्रेस संसदीय दलको चमेना गृहमा फेरि दुवै पक्ष बिच पुनः भनाभन र हात हालाहाल भए पछि सिंहदरबार मा रहेका प्रहरी सुरक्षा गणको प्रहरी निरीक्षक टोलीले दुवै पक्षलाई नियन्त्रण लिई छलफलका लागि लागेका थिए ।
कटहरीया नपाका कर्मचारी सुरेन्द यादब र कबिर देवानले आफ्नो हात समातेको र मेयर अजय प्रकासले घाँटी थिचेको र केहिले उद्दार गरेको दुवे को भनाइ छ ।


मेयर अजय प्रकाशले दीपक कुमार दुबे कटहरीया नपाको व्यक्ती नभएको दावी गर्दै प्रमुख प्रशासकीय अधिकृत रौतहटमा लाने विषयमा कुनै मतलब नभएको ब्यक्ती बिवाद गर्न आएको बताएका छन ।
होलमेटले आक्रमणको प्रयास गरेपछि आफुले प्रतिबाद गरेको मेयर अजय प्रकाशको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु