Friday, January 24, 2025

एमाले मधेश प्रदेश को पहिलो बैठक सम्पन्न

पछिल्लाे समाचार


जनकपुर २८ असोज ।नेकपा एमाले मधेस प्रदेश प्रथम अधिबेशन बाट निर्वाचित मधेस प्रदेश कार्यालय (पदाधिकारी ) को पहिलो बैठक सम्पन्न भएको छ ।
अध्यक्ष चन्देस्वर मण्डलको अध्यक्षतामा मिति २०८० आश्विन २७ गते बसेको थियो ।
बैठकमा मधेस प्रदेश इन्चार्ज . योगेश भट्टराई,केन्द्रीय कमिटी सचिव क.रघुबिर महासेठ लगायत पोलिटब्युरो, केन्द्रीय सदस्य र केन्द्री सदस्य हरुको विशेष उपस्थित रहेको थियो ।
बैठकले गरेका निर्णयहरु आ आफनो क्षेत्रमा कार्यान्वन गर्न गराउन निर्देशन जारी गरिएको छ ।
बैठकले प्रथम मधेस प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्ने पार्टीका नेता कार्यकर्ता समर्थक सूुुभचिन्तक तथा सहयोगीहरु प्रती हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
यस्तै बिजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा मधेश प्रदेशका सबै पालिका कमिटिहरुले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले यसअघि तय गरिएको जिल्ला अधिवेशनहरु महोत्तरीको जिल्ला अधिवेशन मन्सिर ७ र ८ गते, रौतहटको जिल्ला अधिवेशन ९ र १० गते र पर्साको जिल्ला अधिवेशन ११ र १२ गते सम्पन्न गर्नका लागि तयारीमा जुटन जिल्ला कमिटीलाई निर्देशन दिएको छ।

  • बैठकले प्रदेश कमिटीका अध्यक्ष चन्देस्वर मण्डल सहित उपाध्यक्ष विचारी प्रसाद यादव सचिव मनोज पौडेल, उपसचिवहरु आरती भण्डारि र मोहमद कैस रहेको कार्यालय गठन गरेको छ ।
  • नव निर्वाचित प्रदेश कमिटिका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम बिजया दशमिको लगतै गर्ने निर्णय गरेको छ ।
    त्यसैगरी बैठकले पार्टीका तत्कालिन सचिव डा.कृष्ण पौडेलको निधनले पार्टीलाई अपुरणिय क्षति भएको निष्कर्श निकाल्दै पौडेल प्रति हार्दिक श्रदान्जली ब्यक्त गरेको एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जनाएका छन ।
spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु