सर्लाही २० असोज। आउदो असोज २४ र २५ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने नेकपा एमाले मधेश प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारीसँगै अध्यक्षको उम्मेदवारको चर्चा पनि चुलिएको छ ।
मधेश प्रदेशको अध्यक्षको लागि शिर्ष नेताहरुले प्रतिष्ठाको लडाई वनाउने प्रष्ट देखिएको छ । अन्य प्रदेशमा झै मधेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चासो रहने निश्चित छ । तर ओलीको संकेत कसलाई आउला भन्ने अहिलेसम्म निस्चित भएको छैन ।
सर्लाहीवाट एक जना प्रदेश स्तरीय नेता रेवती पन्त मधेश प्रदेश कमिटीको अध्यक्ष हुन दौडमा छन् ।
उपाध्यक्ष रहेका पन्तले अध्यक्षमा आफ्नो दावी स्वभाविक भएको र आफु सर्वसम्वत हुने विश्वासमा व्यक्त गरेका छन ।
क्षमता, कार्यशैली र संगठनात्मक ज्ञानमा रेवती पन्त मधेश प्रदेशमा अब्बल नै हुन् तर पन्तलाई मधेश प्रदेशको अध्यक्ष वन्न ठुलै चुनौति देखिएको छ ।
पन्त कामकाजी नेता भए पनि पार्टीका अन्य ठुला नेताले प्रदेश अध्यक्षमा आकांक्षा राखेकाले पन्त छायामा पर्ने सम्भावना भएको सर्लाही का कतिपय नेता कार्यकर्ताको भनाइ छ ।
पन्त सर्लाही जिल्ला कमिटीको दुई कार्यकाल र नेकपा हुँदा समेत गरि तीन कार्यकाल अध्यक्ष थिए ।
विभिन्न जिम्मेवारीमा रहँदा पन्तले पाएको जिम्मेवारी पुरा गर्न सक्ने क्षमतावान नेताको छवि वनाएकाे एमाले नेताहरू बताउछन । उनले नेपाल खेलकुद महासंघ, युवा, विद्यार्थी सहित जनसंगठनको केन्द्रीय भूमिका पनि निभाएको थिए।
मधेशका ८ वटै जिल्लामा पन्तको राम्रो सम्पर्क रहेकाे बताइन्छ । रेबती पन्त मधेश बुझेको र संकटमा समाधान दिन सक्ने नेता भएको बताईन्छ ।
मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले पार्टीको मुल नेता केपी ओली भएकाले अध्यक्षको निर्देशन कार्यान्वयन गर्नेबाहेक मधेशमा अरु गुट बनाउने वा कसैलाई च्यापेर अर्कोलाई बोक्ने नीति नलिने वताईसकेका छन् ।
मधेश प्रदेशका दुई नेताहरु संसदीय दलका नेता सरोज यादव र केन्द्रीय सचिव रघुवीर महासेठले पनि आआफ्नो नजिकका लाई नेतृत्वमा ल्याउन खोजेकाे कतिपय नेताहरुको बुझाइ छ ।
पोलिटव्युरो सदस्यहरु सुमनराज प्याकुरेल, पुरुषोतम पौडेल र रामदयाल मण्डलले पनि अध्यक्ष केपीले सर्वसम्वत गराईदिन पहल गरे मधेश प्रदेशको अध्यक्ष हुने आकांक्षा देखाएकाे बुझिएको छ ।
त्यसवाहेक धनुषाकै संजिबकुमार झा, राजकिशोर यादव र शिवशंकर साह (हिरा) पनि अध्यक्षको प्रतिष्पर्धामा छन ।
एमालेले प्रतिनिधिसभाका ३२ मध्ये ९ सीट जितेर मधेश प्रदेशको पहिलो दल बनेको छ भने प्रदेशसभामा पनि एमाले २३ सीटसहित पहिलो दल छ ।
स्थानीयन तहमा पनि उल्लेख्य संख्यामा एमालेका जनप्रतिनिधि रहेका छन् ।