रौतहट, ४ असोज । रौतहट को भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी का समानहरु बरामद भएका छन ।
लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको लतमरी, मठिया, महुलिया, नरकटिया, बंकुल भएर भित्रिएका सामान नेपाल प्रहरीले ठूलो परिमाणमा मानिस सहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त तथ्याँक अनुसार भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको समानहरुमा आलु, प्याज, चिनी, माछा, सुर्ति, कस्तुरी रक्सी सहित ६ जना भरिया, पक्राउ परेका छन ।
यस्तै प्रहरीले मोटरसाइकल ७ थान र पिकअप एक थान बरामद गरेको छ ।
बरामद गरिएका उक्त सामानहरुको अन्दाजी २५ लाख मूल्यबरको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए ।
बरामद गरिएको सामानलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयका जिम्मा लगाइएको छ ।