Thursday, January 23, 2025

दुइवर्षमा नुनथरमा डुवेर ६ जनाको मृत्यू

पछिल्लाे समाचार


रौतहट १८ भदौ । नुनथर स्थित बागमतीमा डुवेर दुइबर्षमा ६ जनाको ज्यान गएको छ ।
रौतहटको चन्द्रपुर-१ नुनथरनजिक वाग्मती नदिमा बेपत्ता युवकको शव फेला परेको छ । चन्द्रपुर-१ देभानटोलका २९ वर्षीय बलराम विकको शव शनिबार फेला परेको प्रहरीले जनाएको छ ।
मोरङको उर्लाबारी-२ मंगलबारेका जितेन दियालीसँगै नुहाउन गएका उनी शुक्रबार साँझदेखि बेपत्ता थिए । बगाएको ठाउँभन्दा झण्डै ५ सय मिटर दक्षिण पूर्वपश्चिम राजमार्गमा रहेको पुलछेउ शव भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डीएसपी एकनारायण कोइरालाले बताए ।
मानिसहरु पर्यटकीय क्षेत्र नुनथर घुम्न आउने र वाग्मती नदीमा डुबेर मृत्यु हुने घटना बढ्न थालेपछि नुनथर विकास समितिले त्यस क्षेत्रमा ‘खतरा’ लेखेको बोर्ड राखेको छ ।
पहिले पनि निकै गहिरो र पानीको भुमरी परेको स्थान भएकाले नुहाउन जानेहरु त्यही पर्थे र बेपत्ता हुन्थे ।
पानी भुमरीमा परी दुई वर्षमा ६ जनाको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
नुनथर घुम्न आउनेहरु बोटिङ गर्छन्, पहाड घुम्छन्, झोलुंङे पुलमा सेल्फी लिएपछि पौडी खेल्न नदिको पूर्वी किनार पुग्छन् । त्यही किनारबाट पौडी खेल्न जानेहरु वेपत्ताका घटना पटक-पटक भएका छन् ।
नुनथर क्षेत्र घुम्न आएका भारतको सीतामढी कोटबजारका २७ वर्षीय सुमन साह, ३० वर्षीय मयंक अग्रवाल र गोलु कुमार गत वर्ष भदौ ११ मा नुहाउने क्रममा बगाएर बेपत्ता भएका थिए । सुमनलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए भने दुई जना मृत फेला परेका थिए ।
नुनथर क्षेत्र विकास समितिले बागतती नदिमा नुहाउन जादा साबधानी अपनाउन आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु