Wednesday, January 22, 2025

गौर भन्सार परिसरमा हजारौ सवारी साधन कवाडमा परिणत हुदै

पछिल्लाे समाचार


रौतहट ५ असोज । समय मा नै लिलाम नहुदा हजारौ मोटरसाइकल , दर्जनै चारपाङ्ग्रे गाडीहरु गौर भन्सार परिसरमा कुहिने अवस्थामा पुगेका छन ।
गौर भन्सार कार्यालय बाट २०७४ साल देखि बरामद सवारी साधनहरु लिलाम भएका छैनन । अलपत्र अवस्थामा ३ हजार १ सय मोटरसाइकल र ९६ वटा जिपकार रहेको भन्सार कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न स्थान बाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले बरामद गरेको सवारी साधन अलपत्र जस्तै बनेको हो ।


दर्जनौ सवारी साधनहरु कवाडीमा परिणत भैसकेका छन ।
बर्षादमा पानीमा भिजेर तथा भन्सार क्षेत्रमा पानीले डुवेर दर्जनौ सवारी साधन नष्ट भएका छन ।


सुरक्षित स्थानमा राख्ने गोदाम नहुदा घामपानीले सवारी साधन कवाडी हुँदै गएको गौर भन्सारका सुचना अधिकारी रेवती रमण रोक्काले जानकारी दिएका छन ।
६ बर्ष देखि लिलाम हुन नसकेको सवारी साधनको लिलामी प्रकृया अघि बढेको गौर भन्सारका सुचना अधिकारी रोक्काले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु