रौतहट २७ भदौ । गुजरा नगरपालिका मा बुधवार आँखा शिविर सम्पन्न भएको छ ।
लायन्स क्लव अफ रौतहट चन्द्रनिगाहपुर,लायन्स क्लव अफ रौतहट चन्द्रनिगाहपुर फेमिना, लायन्स क्लव अफ रौतहट चन्द्रपुर ग्रिन सिटी, र नेपाल नेत्र ज्योति संघ गौर आखा अस्पताल आखाँ स्वास्थ्य शिक्षा इकाइ गौर रौतहटको संयुक्त आयोजनामा गत जेठ ६ र ७ गते मोतियाबिन्दुको अप्रेशन गर्न छनौटमा परेका आखाँ का बिरामिहरु सहित थप आखाँ जाच गरि आबस्यकता अनुसार चस्मा बितरण तथा मोतियाबिन्दुको अप्रेशन गर्न पून १ दिने निःशुल्क आँखा शिविर संचालन गरिएको छ ।
गुजरा न.पा.–२, कटानी (रंगपुर स्वास्थ्य चौकी) मा शिविर कार्यक्रम सम्पन्न भएको छ |
शिविरमा नगर प्रमुख , प्रमुख प्रशासकीय अधिकृत ,गुजरा नगरपालिका वडा नं २ र ५ का वडा अध्यक्ष हरु, नेपाल नेत्र ज्योति संघ गौर रौतहटका चिकित्सकहरु ,रंगपुर स्वास्थ्य चौकि परिवार, रंगपुर कटानि मा.बि.का प्रअको उपस्थिती रहेको थियो ।
बुधवार ४ सय १७ जना आखाँ को बिरामी को जांच गराउदा २ सय ६५ महिला र १ सय ४५ पुरुष र ७ जना बालबालिका हरुको सहभागिता रहेको थियो ।
उक्त शिविरमा लेन्स सहित को मोतियाबिन्दुको अप्रेशन को लागि १ सय १८ जना , निशुल्क चस्मा वितरण ८१ जना लाइ र औषधि निशुल्क १ सय ३ जना लाई बितरण गरिएको लायन्स क्लव अफ रौतहट चन्द्रनिगाहपुर फेमिना की सचिव निर्मला सुवेदीले जानकारी दिएकी छिन ।