Friday, January 24, 2025

उपचारमा सहयोग गरीदिन अपिल

पछिल्लाे समाचार


रौतहट १५ भदौ । गैडाटारका एक प्यारालाइसिस बाट पिडित बिरामीलाई स्थानिय युवाहरुले आर्थिक सहयोग जुटाएका छन ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटार स्थित राई टोलका भिमसेन कार्कीलाई सहयोग गरिएको हो ।
गत एक साता एक्कासी प्रेसर बढेर कार्कीलाइ प्यारालाइसिस भएको थियो ।
कार्कीलाई अचानक प्रेसर बढेको र प्यारालाइसिस भएको कार्कीकी श्रीमति टिका कुमारी कार्कीले बताइन ।
कार्की प्यारालाइसिस बाट पिडित भएको स्थानिय श्याम चौहानको नेतृत्वमा विहिबार देखि नै स्थानियले सहयोग जुटाउन थालेका छन ।
विहिबार संकलन भएको रकम र ४९,हजार ५ रुपिया कार्कीलाई घरमा नै पुगेर हस्तान्तरण गरेको श्याम चौहानले जानकारी दिए ।
आर्थिक अबस्था कमजोर रहेकाले उनको जीवन रक्षाका लागी भिमसेन कार्की बचाउ अभियानमा आफुहरु जुटेको स्थानिय युवा अबि गौतमले बताए ।
बिरामी भिमसेन कार्की बचाउ अभियानमा रकम सहयोग गरि कार्कीको जीवन रक्षा अभियानमा सहकार्य गर्न स्थानिय युवाहरुले अपिल गरेका छन ।
पिडितकी श्रीमति टिका कुमारी कार्कीको नाममा रहेको नेपाल बैक लिमिटेड चन्द्रनिगाहपुर शाखाको खाता नम्बर ०८१०११०७४५८१४९०००००१ मा आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।
बिरामी कार्कीको उपचार काठमाडौस्थित विर अस्पतालमा भैरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु