चन्द्रपुर,११ असोज ।चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सेवाग्राहीहरु बढेका छन ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा डाक्टर अभिनन्दन श्रीवास्ताव आएपछि सेवाग्राहीको भिड लाग्ने गरेको छ । डाक्टर श्रीवास्तवसंग चेकजाँच र उपचार गराउनका लागि सर्वसाधारणहरु आउने गरेका छन ।
एक बर्ष अघि सम्म अस्पतालको अवस्था नाजुक रहेको थियो । १५ बेडको सरकारी अस्पतालबाट सेवाग्रहीले समान्य उपचार समेत पाउन नसकेका थिएनन ।
अस्पतालमा पालो पाउन मुस्कील भएपनि सर्बसाधारण पालो कुरेर बस्ने गरेका छन ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कम्तीमा पाँच जना डाक्टरको आवश्यकता भएको भएपनि अहिले २ जना मात्र डाक्टर छन ।
सरकारी अस्पतालमा हिजो आज दैनिक चार देखी पाँच सय बिमारी आँउने गरेकाछन्,।
सरकारी अस्पतालमा रहेको एक्सरे मेशिनले दैनिक १० वटा मात्र एक्सरे गर्ने गरेकाे र बिरामीको चाप वढेकोले एक्सरे मेसिन थप्नु पर्ने प्रबिधिकहरुको भनाई छ ।
सरकारले तोकेका सबै निशुल्क औषधी अस्पतालमा रहेको र अस्पतालले दिने सेवालाई अझ प्रभावकारी बनाउन आफू सकृय रहेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बताएका छन ।