रौतहट, ३ असोज । संबिधान दिवस को अवसरमा नेपाली काँग्रेस चन्द्रपुरले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता एवं क्षेत्र नम्वर ४ का संघिय साँसद देवप्रसाद तिमल्सिनाले सबैको साझा र सवैको उत्तरदायीत्व बोध हुने गरी संविधानको पालना गर्नुपर्ने बताएका छन ।
लोकतान्त्रिक गणतन्त्रिक संविधानले हरेक नेपालीलाई हक अधिकार सुनिश्चित गरेको हुँदा यसलाई विरोधाभाष नगरी सबैले आफनो संविधान भएको महसुस गर्नुपर्ने नेता तिमल्सेनाले शुभकामना दिएका छन।
नेपाली काग्रेस चन्द्रपुर नगर समिति सभापति मुकेश गिरीको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।