Monday, January 27, 2025

संबिधानको अन्त्येष्टि गर्नुपर्छ: आजपा अध्यक्ष साह

पछिल्लाे समाचार


रौतहट २७ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वर्तमान संविधानको अन्त्येष्टि गर्नुपर्ने बताएका छन् ।
सरकारले असोज ३ गते संविधान दिवस उत्सवका रूपमा मनाउने तयारी गरेको बेला उनले संविधान दिवसको कुनै औचित्य नभएको सार्वजनिक रुपमा धारणा व्यक्त गरेका छन् ।
विराटनगरमा आजपाको कोशी प्रदेश स्तरीय बैठकमा बोल्दै अध्यक्ष साहले अहिलेको व्यवस्था ‘गुण्डा व्यवस्था’ भएको टिप्पणी गर्दै यो संविधानले नेपाली जनताको चाहना पूरा हुन नसक्ने बताए। ‘अहिलेको संविधानको रक्षा गर्न सकिदैन् । अहिलेको व्यवस्था र संविधानले देशलाई अगाडि बढाउन सक्दैन्’ साहले भने, देशमा लोकतन्त्र होईन, दलतन्त्र छ ।’ ‘नेपालमा राजतन्त्र फालेर लोकतन्त्र ल्याउने भनियो तर लोकतन्त्र हैन, दलतन्त्र आएको छ उनले ठूला दलका नेताहरुप्रति कटाक्ष गर्दै भने आजको दिनमा राजतन्त्र त हृदयो तर छोटे राजाहरुको जन्म भएको छ ।’ अहिले कुनै पनि कार्यालयमा बिना घुसको काम गराउन सकिने अवस्था नभएको बताउदै साहले ती भ्रष्टहरुलाई ठुला दलका शीर्ष नेताहरुले नै सरक्षण गरिरहेको आरोप लगाए। विदेशमा मौज गरिरहेका, नेपालबाट लुटेर विदेशमा पुगेकाको पक्षमा सरकार उभिने गरेको तर विदेशमा मजदुरी गर्ने श्रमजीवि मजदुरलाई हेला गर्ने काम सरकारबाट भइरहेको उनले आरोप लगाए ।
भगौडा दलालको पक्षमा कानुन निर्माण गर्ने, नेपालमा लुटेर विदेशमा मौज गर्नेके पक्षमा लाग्ने सरकार उनीहरुकै पक्षमा थप कानुन बनाएर नेपालको पैसा विदेशमा पुयाउन काम गरिरहेका छन साहले भने, ‘तर विदेशमा श्रम गर्ने, विदेशमा काम गरेर नेपालमा पैसा पठाएर नेपाललाई समृद्ध बनाउन चाहने युवा, श्रमिकको पक्षमा सरकार नलाग्नु दुर्भाग्यपूर्ण हो।’ मुलुकलाई समृद्ध बनाउन आम जनताको शासन आवश्यक रहेको बताउँदै उनले दलतन्त्र र मुठिभर नेताहरुको गलत क्रियाकलापले देशको आर्थिक अवस्था झनझन बिग्रदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।
एक मधेश एक प्रदेशको नारा दिने तर मधेशलाई लुट्ने काम बाहेक अरु केही नभएको बताउँदै उनले मधेश विकासको सूचकांकमा किन पछाडि पर्यो भन्ने विषयमा जबाफ लिनुपर्ने बताए। एक मधेशको नारा दिएर आठ जिल्लाको मधेश बनाउने काम किन भयो। उनले प्रश्न गरे। ‘तराई मधेश हिजोको दिनमा समृद्ध थियो ।
छुटे गौरव महसुस हुन्थ्यो तर आज त्यही समृद्ध मधेशलाई लुट्ने बाहेक अरु केही भएको छैन् साहले भने, हिजोको दिनमा पहाडबाट मान्छेहरु तराईमा झर्दा गौरव महसुस गर्थे, तराईमा बसाईसराई गर्न चाहन्थे । ‘मधेश हरेक हिसाबले समृद्ध भए पनि यहाँ शिक्षा, स्वास्थ्य, विकास लगायतका क्षेत्रमा निकै पछाडि छ ।
साभार : तराइ एक्सप्रेस दैनिक

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु