Thursday, January 23, 2025

शान्तीनगर स्वरोजगार साकोसको १५ औं साधारण सभा सम्पन्न,अध्यक्षमा सिग्देल चयन

पछिल्लाे समाचार

रौतहटको १३,असोज । रौतहटको चन्द्रपुर ६ मा रहेको शान्तिनगर स्वरोजगार बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । रौतहट बचत तथा ऋण सहकारी संघकी जिल्ला अध्यक्ष देवकी नेपालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी नेपालले सहकारी संस्थाहरु बचतकर्ता तथा सदस्यहरुप्रति जिम्मेवार र उत्तरदायी बन्नु पर्नेमा जोड दिईन । यस्तै कार्यक्रमका बिशिस्ट अतिथी सहकारी विज्ञ नरेन्द्र रानाले अधिकांश महिला बचतककर्ता तथा निम्न आय तथा साना बचत तथा लगानीकर्ताहरुको विकासमा लक्षित शान्तिनगर स्वरोजगार साकोसलाई आफ्नो आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए । सहकारी विज्ञ रानाले सहकारी संस्था आफनो मर्म र सिद्धान्तमा रहेर संचालन हुनु पर्ने जोड दिए।


संस्थाकी अध्यक्ष कल्पना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो संस्थाले कुल संचालन आम्दानी ३ लाख ८७ हजार ९ सय १२ रुपैया गरेको छ । शनिवार संस्थाले १५ औं साधारण सभा संगै नया कार्यसमिती समेत चयन गरेको छ । संस्थाको अध्यक्षमा चन्द्रकला सिग्देल, उपाध्यक्षमा हेम कुमारी रायमाझी ,सचिवमा लक्ष्मी बस्नेत तथा कोषाध्य्क्षमा शोभा घिमिरे लगायत चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष सिग्देलले आफ्ना सदस्यहरुप्रति बढी जिम्मेवार र संस्थाको आर्थिक कृयाकलापमा अनुशासित र मर्यादित भएर काम गर्ने प्रतिबद्धता जनाईन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु